युक्रेनको हवाई रक्षा बलियो बनाउन युरोपेली समर्थक एकजुट « Khabarhub

युक्रेनको हवाई रक्षा बलियो बनाउन युरोपेली समर्थक एकजुट


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ- रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्रहरू किएभमा भेला भएका छन्।

बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले ‘कोएलिसन अफ द विलिङ’ को बैठकमार्फत युक्रेनलाई सैन्य सहयोग बढाउने तथा रुसमाथि दबाब कायम राख्ने विषयमा छलफल गर्ने भएका छन्। बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार सम्हालेपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा किएभ पुगेर बैठकको सहअध्यक्षता गर्नेछन्।

रुसले पछिल्ला सातामा किएभलगायत युक्रेनी सहरमा ब्यालेस्टिक क्षेप्यास्त्रबाट आक्रमण तीव्र पारेको छ। नागरिक संरचनामाथिका आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रसँग थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गर्दै आएका छन् ।

युक्रेनको हवाई रक्षा क्षमता बढाउन बेलायतले एससीएएलपी क्षेप्यास्त्रको स्थानीय उत्पादन तथा संयोजनमा सहयोग गर्ने भएको छ। फ्रान्सले पनि नयाँ इन्टरसेप्टर क्षेप्यास्त्र उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

युक्रेन मुख्यतः अमेरिकी प्याट्रियट इन्टरसेप्टरमा निर्भर रहँदै आएको छ। तर अमेरिका अन्य क्षेत्रको द्वन्द्वका कारण क्षेप्यास्त्र अभावमा रहेकाले युक्रेनलाई आवश्यक मात्रामा इन्टरसेप्टर उपलब्ध गराउन कठिनाइ भइरहेको बताइएको छ।

यसैबीच, युक्रेनले पनि रुसका ऊर्जा तथा रसद पूर्वाधारलाई लक्षित गरी लामो दूरीका ड्रोन आक्रमण बढाएको छ। पछिल्लो अवस्थाले दुवै पक्षबीचको सैन्य तनाव कायमै रहेको देखाएको छ।

युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएभ पुग्नुअघि बेलायती प्रधानमन्त्री बर्नह्यामले न्यायपूर्ण र स्थायी शान्ति कायम नभएसम्म बेलायत युक्रेनको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : ५७ बजे

टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ? 

काठमाडौं– जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै