हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ? « Khabarhub

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे संसद्मा प्रश्न उठाएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने पनि उल्लेख गरे। प्रधानमन्त्री शाह एक्लै नभएर सरकारी गाडी र सेना लिएर मुस्ताङ गएको उनले बताए ।

‘उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिई जानुभएको ? के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले,’ साम्पाङले भने, ‘के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

त्यस्तै उनले बलात्कारको घटनाबारे बोल्दै कडा कानुन बनाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे भनेर पनि संसद्‍मा प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ५ : ०२ बजे

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर