‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’ « Khabarhub

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।

बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिष्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताइन् । 

मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै मन्त्रालयले सरोकारवालासँग यस विधेयकसहित अन्य कानुनका विषयमा पनि छलफल गर्दै बताइन्।

मन्त्री चौधरीले विगतमा कानुन कार्यान्वयनका क्रममा विभिन्न कमजोरी देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिन विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।  

उनले समितिबाट प्राप्त सुझावलाई विधेयकमा समेट्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ५ : ३५ बजे

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग