लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू) « Khabarhub

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै लहान नगरपालिकाले सात वटा संरचना डोजर लगाएर भत्काएको हो ।

नगरपालिकाले आइतबार डोजर चलाएपछि स्थानीय भने असन्तुष्ट छन् । सयौँ संरचना रहेको ठाउँमा आफूनिकटलाई संरक्षण गरेर सात वटामा मात्र डोजर चलाएको भन्दै स्थानीयले नगर प्रमुखमाथि पक्षपातको आरोप लगाएका छन् ।

नगर प्रमुख महेशप्रसाद चौधरीले भने कसैलाई पक्षपात नगरेको र क्रमशः अरु संरचना पनि भत्काइने दाबी गरे । नगरपालिकाको करिब दुई बिघा जग्गामा तीनवटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गरिएको र ती कोठा भाडामा दिएर नयाँबजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना रहेको उनले सुनाए ।

लहान–५ स्थित लहान बजार (गुदरी हटिया)स्थित नेपाल खानेपानी संस्थान, लहानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको जग्गामा बनाएको घर टहराहरुमा बसोबास गर्ने वा पसल गर्नेलाई तीन दिनभित्र ठाउँ खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।

पीडित व्यापारीले घर–टहरा भत्काउँदा धनमालको क्षति भएकाले उचित मूल्यांकन र क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन् ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ५ : १८ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको