कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग « Khabarhub

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा महिलामाथि हुने यौन हिंसा न्यूनीकरण गर्न कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न सरकारसँग माग गरेकी छन् । 
 
विद्यालयका पाठ्यपुस्तकमा नै उमेर अनुकूल र वैज्ञानिक यौन शिक्षा समावेशगरी कक्षा १ देखि १२ सम्म अनिवार्य रूपमा पढाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

सांसद न्यौपानेले यौनजन्य अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपालको फरेन्सिक क्षमतासमेत वृद्धि गर्नुपर्ने र घटनास्थलमा पुग्ने प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धि गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। 

सांसद न्यौपानेले सञ्चारमाध्यम, विज्ञापन, कथा तथा चलचित्रमा महिलालाई यौन वस्तुका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिमाथि पनि सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले महिलालाई निरन्तर यौन वस्तुका रूपमा प्रस्तुत गरिरहने हो भने महिला र छोरीहरू सुरक्षित हुन नसक्ने भन्दै आक्रोस पोखिन्  ।

महिला र बालिकालाई सम्मान गर्ने संस्कारलाई समाजमा अझ बलियो बनाउनुपर्नेमा जोड दिइन् ।
 

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ५ : ३० बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको