कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने « Khabarhub

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ ।
 
सोमबार आयोजित पत्रकार सम्मेलनमा  आयोजना गर्दे सम्मेलनसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी समेत गरिने जानकारी दिइएको हो । 

महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा मुलुकको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

एक दिने सम्मेलनमा स्टार्टअप, लघु, साना तथा मझौला उद्यम (एमएसएमई/एसएमई) क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान गरिनेछ । 

साथै लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङलगायत विषयमा छलफल हुनेछ । 

सम्मेलनमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका विज्ञहरूको सहभागितामा तीनवटा विषयगत प्यानल छलफल सञ्चालन गरिने उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले जानकारी दिए ।
 
कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी उपलब्ध गराउने केन्द्रसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। सम्मेलनमा १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : १७ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको