नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालय, पर्सेरावलमा बालविकास सहजकर्ताका रूपमा कार्यरत बोहराले नियुक्तिका क्रममा भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने नक्कली लब्धांकपत्र र प्रमाणपत्र पेस गरेकी अनुसन्धानबाट पुष्टि भएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिई बहाल रही पारिश्रमिक, भत्तालगायतका लाभ तथा सुविधा लिएको देखिएकाले बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको आयोगले जनाएको छ ।

आयोगले सोही कसुरमा कानुनबमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
 

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : ०२ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको