क्रान्तिकारी गीतका शब्द फेरबदल गरेर गाएको भन्दै चीनमा हास्य कलाकारमाथि अनुसन्धान सुरु « Khabarhub

क्रान्तिकारी गीतका शब्द फेरबदल गरेर गाएको भन्दै चीनमा हास्य कलाकारमाथि अनुसन्धान सुरु


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका प्रसिद्ध हास्य कलाकार गोओ देगाङमाथि एक क्रान्तिकारी गीत तोडमोड गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । गत जुलाई २४ मा वुहानमा भएको सांगीतिक प्रस्तुतिका क्रममा ५३ वर्षीय गोओले ‘प्लेइङ माइ बिलभ्ड पिपा’ नामक चिनियाँ क्रान्तिकारी गीतको शब्दमा फेरबदल गरेका थिए ।

गीतको मूल अंशमा रहेको वैशान तालको सट्टा उनले बेइजिङको ‘निषेधित शहर’ अर्थात् फोबिडेन सिटीको उल्लेख गर्दै हास्य शैलीमा गाएका थिए । त्यसका साथै उनले गीतमा भगवान् गौतम बुद्ध सम्बन्धी केही हास्यास्पद हरफहरू पनि थपेका थिए।

वुहानस्थित नगर संस्कृति तथा पर्यटन ब्यूरोले अगस्ट ११ मा यस विषयमा औपचारिक अनुसन्धान थालेको जानकारी दिएको छ। अधिकारीहरूका अनुसार उक्त प्रस्तुति कानुनी रूपमा स्वीकृत भए पनि थपिएको र परिवर्तन गरिएको अंश पूर्वस्वीकृतिका लागि बुझाइएको सामग्रीमा समावेश गरिएको थिएन जुन व्यावसायिक प्रदर्शनसम्बन्धी नियमहरूको उल्लङ्घन हुन सक्ने ठहर गरिएको छ।

सन् १९५६ को रेलवे ग्येरिला चलचित्रको यो गीतले अत्यधिक देशभक्तिपूर्ण सांस्कृतिक महत्व बोकेको मानिन्छ। सन् २०१९ मा चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभागले जनवादी गणतन्त्र चीनको स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा चयन गरेका एक सय उत्कृष्ट गीतहरूमा यो पनि परेको थियो।

गीतको मूल शब्दमा वैशान तालमा शान्ति रहेको वर्णन गरिएकोमा गोओले आफ्नो गीतमा भने फोबिडेन सिटी शान्त रहेको उल्लेख गरेका थिए । चिनियाँ इतिहासमा शाही शासनको शक्तिशाली प्रतीक मानिने फोबिडेन सिटीको सन्दर्भ फेरिनुले यसलाई राजनीतिक शक्तिको पतनसँग जोडेर हेरिएको छ भने कतिपयले यसलाई सार्वजनिक नैतिकताविपरीत र क्रान्तिकारी कार्यको तोडमोड भनेका छन् ।

यद्यपि, चिनियाँ अधिकारीहरूले भने अनुमति नलिई कार्यक्रममा स्वेच्छाचारी परिवर्तन गर्नु नै मुख्य कानुनी उल्लंघन भएको बताएका छन् । चीनमा व्यावसायिक कलाकारहरूले प्रदर्शनअघि सम्पूर्ण कार्यक्रम र सांगीतिक सामग्री सांस्कृतिक निकायबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : १८ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन