पाकिस्तानमा ऊर्जा क्षेत्रको चक्रीय कर्जा अकासियो « Khabarhub

पाकिस्तानमा ऊर्जा क्षेत्रको चक्रीय कर्जा अकासियो


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०२५-२६ मा पाकिस्तानको ऊर्जा क्षेत्रको चक्रीय कर्जा अकासिएर करिब ५३ खर्ब रुपैयाँ पुगेको छ । आधिकारिक स्रोतहरूका अनुसार जुन २०२६ सम्म आइपुग्दा ग्यास र विद्युत् दुवै क्षेत्रको चक्रीय कर्जा बढेर ५२ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ, जुन यसअघि ५२ खर्ब ६ अर्ब रुपैयाँ थियो।

सन् २०२६ को सुरुवातमा ३४ खर्ब ४२ अर्ब रुपैयाँ रहेको ग्यास क्षेत्रको चक्रीय कर्जा बढेर ३६ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको छ। कुल ग्यास क्षेत्रको चक्रीय कर्जामा १८ खर्ब ३९ अर्ब रुपैयाँ मूल रकम रहेको र बाँकी चाहिँ ढिलो भुक्तानी गरेबापतको जरिवाना (सर्चार्ज) रहेको छ। त्यसैगरी, जुन २०२६ सम्ममा विद्युत् क्षेत्रको चक्रीय कर्जा १६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष को विस्तारित ऋण सुविधा अन्तर्गतको तेस्रो समीक्षा र लचिलोपन तथा दिगोपन सुविधा अन्तर्गतको दोस्रो समीक्षाअनुसार भने सन् २०२६ को सुरुआतमा विद्युत् क्षेत्रको चक्रीय कर्जा अन्दाजी १७ खर्ब ६४ अर्ब रुपैयाँ र ग्यास क्षेत्रको चक्रीय कर्जा ३४ खर्ब ४२ अर्ब रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : २९ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन