आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६ सेप्टेम्बर २४ तारिख। भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आज सोचेका काम पूरा हुनेछन् । स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछ । शिक्षामा सुधारका संकेत देखिने छन् । व्यापारमा भने घाटा हुने भएकाले लगानी गर्नु उचित हुन्छ ।

मिथुन : दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । प्रेम सम्बन्धमा मनमुटाब हुनेछ ।

सिंह : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्ती पाउने देखिन्छ ।

कन्या : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । अरुले फाइदा लुट्ने जोखिम छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । मनमा चञ्चलता थपिने छ ।

तुला : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । आज मानसम्मान प्राप्त हुनेछ । पुराना साथीको साथ मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । सोचेको काम नबन्ने जोखिम छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । आम्दानी बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र रोजगारीमा बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । आज साझेदारीमा गरेको काममा नाफा हुनेछ ।

मकर : दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बनाउने छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । बोलीका कारण साथी टाढा हुन सक्छन् । स्वास्थ्यमा समस्या हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

मीन : राम्रो कामको सुरुवात हुनेछ । मन शान्त बन्नेछ । परिवारसँग रमाइलो घुमघामको योग परेको छ। सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्राको जोखिम छ । मन चञ्चल हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ५ : ११ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६