परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इशाक दारबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका दुई नेताबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा दुवै मन्त्रीले नेपाल र पाकिस्तानबीच रहँदै आएको सौहार्दपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे छलफल गर्नुभयो। सो अवसरमा दुई देशबीचको पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ

छलफलका क्रममा द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीय तहमा समेत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। विशेष गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चहरूमा दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा दुवै पक्षले जोड दिएका छन्

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १० : ०६ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा