पूर्व-पश्चिम राजमार्गको सुनसरी खण्डमा माइक्रोबस दुर्घटना, १२ जना घाइते « Khabarhub

पूर्व-पश्चिम राजमार्गको सुनसरी खण्डमा माइक्रोबस दुर्घटना, १२ जना घाइते


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुनसरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ मा बिहीबार बिहान यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस बिहीबार बिहान साढे ७ बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा परेर घाइते हुनेहरूमा सप्तरी कञ्चनपुर नगरपालिका–११ का ३२ वर्षीय चालक आर्यन पोखरेल, सोही ठाउँका ७० वर्षीय दनसलाल चौधरी, ६० वर्षीय असरफि खङ, ३० वर्षीया सुनिता खङ र २१ वर्षीया माया भुजेल रहेका छन्।

यस्तै, कञ्चनपुर नगरपालिका–१ का ४३ वर्षीय गोबिन्द गुप्ता र ४७ वर्षीया राधा नेपाल, वडा नम्बर ६ का ४० वर्षीय देवाकान्त चौधरी र ३० वर्षीया पुजा चौधरी, वडा नम्बर १२ का ५१ वर्षीय बलराम पौडेल तथा सप्तरीकै फत्तेपुर–१ का ३६ वर्षीया उर्मिला भुजेल र २१ वर्षीया उशा भुजेल घाइते भएका छन्।

घाइते सबैको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ५१ वर्षीय बलराम पौडेलको प्राथमिक उपचारपछि बिहान साढे ९ बजे डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ११ : ०९ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो