पूर्व-पश्चिम राजमार्गको सुनसरी खण्डमा माइक्रोबस दुर्घटना, १२ जना घाइते « Khabarhub

पूर्व-पश्चिम राजमार्गको सुनसरी खण्डमा माइक्रोबस दुर्घटना, १२ जना घाइते


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुनसरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ मा बिहीबार बिहान यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस बिहीबार बिहान साढे ७ बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा परेर घाइते हुनेहरूमा सप्तरी कञ्चनपुर नगरपालिका–११ का ३२ वर्षीय चालक आर्यन पोखरेल, सोही ठाउँका ७० वर्षीय दनसलाल चौधरी, ६० वर्षीय असरफि खङ, ३० वर्षीया सुनिता खङ र २१ वर्षीया माया भुजेल रहेका छन्।

यस्तै, कञ्चनपुर नगरपालिका–१ का ४३ वर्षीय गोबिन्द गुप्ता र ४७ वर्षीया राधा नेपाल, वडा नम्बर ६ का ४० वर्षीय देवाकान्त चौधरी र ३० वर्षीया पुजा चौधरी, वडा नम्बर १२ का ५१ वर्षीय बलराम पौडेल तथा सप्तरीकै फत्तेपुर–१ का ३६ वर्षीया उर्मिला भुजेल र २१ वर्षीया उशा भुजेल घाइते भएका छन्।

घाइते सबैको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ५१ वर्षीय बलराम पौडेलको प्राथमिक उपचारपछि बिहान साढे ९ बजे डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ११ : ०९ बजे

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने