काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले प्रभावकारी विपद् व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद रेग्मीले विपद् आएपछि उद्धार गर्नुभन्दा समयमै सही सूचना दिएर नागरिकको ज्यान जोगाउनु नै प्रभावकारी विपद् व्यवस्थापन हुने बताए ।
बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय प्रणालीका कारण नेपालका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी आइरहेको र सरकारले नागरिकलाई सुरक्षित रहन तथा घरबाहिर ननिस्कन गरेको आग्रह सकारात्मक रहेको उनले बताए ।
उनले घर र वरपरको जमिन सुरक्षित छ कि छैन भनी जाँच्ने सन्देश जनतासमक्ष पुर्याउन अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
बाढी पहिरोको पूर्वसङ्केत देखिएमा जोखिमयुक्त घरभित्रै बसिरहनुको साटो तुरुन्त सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।













प्रतिक्रिया