आजका समाचार : पूर्वराष्ट्रपति बनिन् एमाले वरिष्ठ नेता, परराष्ट्रमन्त्री न्यूयोर्कमा व्यस्त, निरन्तरको वर्षापछि सतर्क रहन आह्वान र अफगानिस्तानमा पाकिस्तानको हमला « Khabarhub

आजका समाचार : पूर्वराष्ट्रपति बनिन् एमाले वरिष्ठ नेता, परराष्ट्रमन्त्री न्यूयोर्कमा व्यस्त, निरन्तरको वर्षापछि सतर्क रहन आह्वान र अफगानिस्तानमा पाकिस्तानको हमला


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न समूहगत तालिका निर्धारण गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै संसदको छलफललाई गुणात्मक, प्रभावकारी र फलदायी बनाउन शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको बताएका छन्।

सूचनाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।

सम्बन्धित समूहका सांसदलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भएर छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ। तर अन्य समूहका सांसदलाई संसदमा आउन अनिवार्य छैन भन्ने अर्थ नलिन पनि रास्वपाले स्पष्ट पारेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गरिनुपर्छ : मन्त्री चौधरी

बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालन

चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

ज्वालाको प्रश्न- भन्सार अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी सदनमा के गरिरहेका छौँ

राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ५ असोजदेखि सञ्चालन भएको बैठकले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

​बैठकले ११ औं महाधिवेशनपछि मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरूको चयन गर्नुका साथै पार्टीको संगठन, समसामयिक राजनीति र बाढीपहिरो संकटका विषयमा २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

​बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी ‘वरिष्ठ नेता’मा मनोनित गरेको छ । ​यसैगरी, बैठकले ७ जनालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ। चयन हुने स्थायी कमिटी सदस्यहरूमा ईश्वर पोखरेल (काठमाडौं), प्रदिप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन् ।

एमालेमा २९ केन्द्रीय सदस्य मनोनीत, ओलीको प्रस्तावमा योगेश भट्टराईको नोट अफ डिसेन्ट

देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई एमाले स्थायी कमिटी सदस्य बनाउन प्रस्ताव

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित, केन्द्रीय कमिटीले अनुमोदन गर्दै

एमाले सांसदको आरोप- सत्तापक्षले अदालतका निर्णयमा राजनीतिक आक्रोश पोखे, न्यायाधीश धम्क्याए

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली र साना टापु राष्ट्रबीच सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा आयोजित ‘जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च’को बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु न्याय सुनिश्चितताका लागि सामूहिक पहलको अपरिहार्यता औंल्याएका हुन् ।

बैठकको अध्यक्षता गरिरहेकी बार्बाडोसकी प्रधानमन्त्री मिया अमोर मोट्लीको नेतृत्वको प्रशंसा गर्दै मन्त्री खनालले क्यारिबियनको समुद्रले घेरिएको बार्बाडोस र सर्वोच्च हिमशिखर भएको भूपरिवेष्ठित नेपाल भौगोलिक रूपमा भिन्न भए पनि दुवैको अस्तित्व र भविष्य अन्तरसम्बन्धित रहेको बताइन्।

‘हिमालयमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइले समुद्रको सतह बढाउन योगदान गरिरहेको छ,’ मन्त्री खनालले भने, ‘अग्रपंक्तिमा रहेका समुदायहरूले आफूले सिर्जना नगरेको उत्सर्जनको मूल्य आफ्नो जीवन, घर र दशकौँको विकास उपलब्धि गुमाएर चुकाइरहेका छन् ।’

राष्ट्रसङ्घीय महासभामा साइडलाइनमा हिमाली जलवायु सङ्कटबारे अन्तर्राष्ट्रिय संवाद हुने

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक
काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहान ५ः०० बजेसम्म बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भइरहेका सन्दर्भमा सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्यांकन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ ।

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक

दोभान बजारमा आगलागी

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिए ।

जेलेन्स्कीका अनुसार घाना, नेपाल, भारतलगायत विभिन्न देशका नागरिक रुसी पक्षबाट युक्रेनविरुद्धको युद्धमा संलग्न छन्। उनले सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको बताए।

दक्षिण कोरियाको विदेश मन्त्रालयले ती सैनिकलाई युक्रेनबाट दक्षिण कोरिया पठाइएको विषयमा प्रत्यक्ष पुष्टि गरेको छैन। यद्यपि युक्रेन तथा सम्बन्धित पक्षसँग सैनिकहरूको स्वतन्त्र इच्छाको सम्मान गर्दै अन्तर्राष्ट्रिय कानून र मानवीय सिद्धान्तअनुसार विषय टुङ्ग्याउन परामर्श भइरहेको जनाएको छ। सैनिकहरूको स्थानान्तरणसम्बन्धी विवरण भने संवेदनशील विषय भन्दै सार्वजनिक गरिएको छैन।

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण

अमेरिकामा सी जिनपिङको भव्य स्वागत, १०० फिट लामो रेड कार्पेट बिछ्याइयो

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय

अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत



















प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ८ : ०० बजे

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली