उपत्यकासहित देशभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू) « Khabarhub

उपत्यकासहित देशभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकासहित देशभर बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ ।

बिहीबार बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिममा आंशिक बदली छ भने कोशी, मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ ।

बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरेर उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानका साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान छ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

लगातार वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिम छ । त्यसैले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १ : २७ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्