नेपाल राष्ट्र बैंकद्वारा छ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा छ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासमा छ वटा लघुवित्त वित्तीय संस्थाहरूमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार तोकिएको न्यूनतम पुँजीकोष अनुपात र अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ती संस्थाहरू, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई लक्षित गरी शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरिएको हो ।

नियामकीय मापदण्ड अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका चार वटा लघुवित्त संस्थालाई ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४’ बमोजिम कारबाही गरिएको विवरणमा उल्लेख छ ।

सुनसरीको फरवर्ड लघुवित्त वित्तीय संस्था संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएकाले राष्ट्र बैंकले २०८३ वैशाख ८ गते नियमावलीको विनियम ३ (क)  बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

त्यस्तै, बागलुङको धौलागिरी लघुवित्त वित्तीय संस्थामा २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ र मातृभूमि लघुवित्त वित्तीय संस्थामा २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा गत बैशाखमा कारबाहीमा परेका छन् ।

एनआईसी लघुवित्त वित्तीय संस्थाले पनि २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेकाले राष्ट्र बैंकले २०८३ असार १२ गते शीघ्र सुधारात्मक कारबाही परेको छ ।

साथै, अनिवार्य नगद मौज्दात कायम नगर्ने दुई वटा लघुवित्त संस्थालाई राष्ट्र बैंकले नगद जरिवाना गराएको छ । जसमध्ये, तीन नेपाल लघुवित्त वित्तीय संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको कारण कारण राष्ट्र बैंकले असार २३ गते प्रथम पटकका लागि ५८.३८ नगद जरिवाना लगाएको विवरणमा उल्लेख छ । 

सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले पनि २०८२ चैत, तथा २०८३ बैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकाले राष्ट्र बैंकले गत साउन २७ र भदौ १२ गते कारबाही गर्दै प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः ७३.८८, १,०६७.४०, १,४१२.९१ र १,४१०.३८ नगद जरिवाना तोकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १ : २३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा