निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत « Khabarhub

निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।  
बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन् । 

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संविधानको धारा २० मा उल्लेखित न्याय सम्बन्धी मौलिक हक तथा वि.सं. २०७६ मा जारी भएको एकीकृत कानुनी सहायता नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ विधेयक तयार गरिएको जानकारी दिइन् ।

विधेयकमा निःशुल्क कानुनी सहायता प्राप्त गर्न सक्ने आर्थिक वा अन्य रूपमा असमर्थ पक्षहरूको दायरालाई फराकिलो बनाइएको र सहायतालाई अदालतमा मात्र सीमित नराखी सबै प्रकारका न्यायिक तथा अर्ध–न्यायिक निकायहरूमा समेत विस्तार गरिएको उनले बताइन् । 

उनले असमर्थ पक्षलाई प्रारम्भिक कानुनी परामर्श र सल्लाहदेखि मुद्दाको कारबाही, सुनुवाइ तथा फैसला कार्यान्वयनको अन्तिम चरणसम्म निःशुल्क सेवा पाउने अधिकार सुनिश्चित गरिएको जनाए । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : १३ बजे

नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता

न्यूयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी समकक्षी पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच

राष्ट्रिय व्यावसायिक पहलद्वारा बाढी प्रभावितका लागि सौर्य लालटिन हस्तान्तरण

काठमाडौं– राष्ट्रिय व्यावसायिक पहलले स्केन्डर इलेक्ट्रिकको सहयोगमा रसुवा भोटेकोशी बाढीबाट

राष्ट्रसङ्घीय महासभामा साइडलाइनमा हिमाली जलवायु सङ्कटबारे अन्तर्राष्ट्रिय संवाद हुने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको साइडलाइनमा क्रायोस्फियरमा देखिएको जलवायु

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा १६ गते

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको दुई दशक पूरा

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी

ढाका– बङ्गलादेशको संसद्ले सेप्टेम्बरमा पारित गरेका तीनवटा नयाँ कानूनले मानव