काठमाडौं– रास्वपा सांसद टीका संग्रौला (ज्वाला) ले भर्खरै सार्वजनिक भएको एउटा अडियो टेपबारे छानबिन गर्न सदन र सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार संसद्मा बोल्नै उनले कन्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी अत्यन्तै तल्लो स्तरको भाषा प्रयोग गरी थर्काएको कुरा बाहिर आएको उनको भनाइ थियो ।
ति कर्मचारीले महानिर्देशक, शसस्त्र प्रहरीका महानिरिक्षक र गृहमन्त्री सम्मलाई सट्टै हान्छु भन्दै कानूनको धज्जी उडाएको उनको भनाइ छ ।
‘सभामुख महोदय यो सट्टै हान्छु भनेको के हो, फोन हान्छु भनेकोकी, भेटेर हान्छु भनेको हो कि, तिम्रो पद खान्छु भनेको हो, एउटा भन्सारको अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी यहाँ सदनमा के गरिरहेका छौँ, उनले भनिन्,’ आफ्नो जिम्मेवारीमा रहेर राजस्व चुहावट नियन्त्रण गर्न खोज्ने सुरक्षा निकायका अधिकारीलाई सीमा क्षेत्रका भन्सार अधिकृतले नै यस्ता गैरजिम्मेवार भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय हो । ‘
यसले राष्ट्रिय सुरक्षा निकाय, निजामती सेवाको मर्यादा र सिङ्गो राज्य संयन्त्रको छविमाथि नै गम्भीर आघात पुर्याएको उनको भनाइ छ ।
राष्ट्रको राजस्व सुरक्षाका लागि खटेका सुरक्षाकर्मीको मनोबल गिराउने र राज्यका उच्चपदस्त अधिकारीलाई सक्काउने जस्ता अमर्यादित शैली स्वीकार्य हुन नसक्ने उनले बताइन् ।
उनले उक्त अडियो प्रकरणको छानबिन गरी दोषी देखिएमा कारबाही गर्न माग गरिन् ।













प्रतिक्रिया