मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक « Khabarhub

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

इलाम– मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक)मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै असोज ८ गते बेलुका ७ः०० बजेदेखि ११ गते बिहान ५ः०० बजेसम्म मेची राजमार्ग बन्द गरिने जनाएको हो ।
 
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिन अनुसार असोज ९ देखि ११ सम्म नेपालभर भारी वर्षाको सम्भावना रहेको जनाएपछि सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा राजमार्गमा सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए।
 
‘मेची राजमार्ग र मेची करिडोर अहिले पनि जोखिमपूर्ण र जीर्ण अवस्थामा सञ्चालन भइरहेका छन्’, प्रजिअ ढकालले भने, ‘जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार भारी वर्षा हुने सम्भावना रहेकाले सुरक्षालाई ध्यानमा राखी रातको समयमा दुवै राजमार्ग बन्द गरिएको हो ।’ 

जिल्ला प्रशासन कार्यालयले रातको समयमा दुई राजमार्गसँगै अन्य भित्री सडकमा रातको समयमा सावारीसाधन सञ्चालन नगर्न तथा तोकिएको समय र व्यवस्थाको पालना गर्न आग्रह गरेको छ । 

प्रशासनले अत्यावश्यक सेवाका लागि नजिकैको सुरक्षा निकायसँग समन्वय गरी सवारी सञ्चालन गर्न अनुरोध गरेको छ । मेची राजमार्ग झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर हुँदै  ताप्लेजुङसम्म जोड्ने प्रमुख सडकको रुपमा रहेको छ । 
    
त्यस्तै, मेची करिडोर झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्गासम्म जोड्ने अर्को निर्माणाधीन मार्ग हो । अहिले सो मार्गको इलाम खण्ड निर्माणाधीन छ ।
 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  २ : ०९ बजे

बागमतीका मुख्यमन्त्री थापामगरबाट नारी शक्तिको सम्मान गर्न आग्रह

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर)

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड