अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण « Khabarhub

अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफमा अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ ।

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्यस्थल भएको दाबी गरेका छन्। उनले पाकिस्तानले आफ्नो सार्वभौम अधिकार रक्षाका लागि ‘सटीक, नियन्त्रित र अनुपातिक’ कारबाही गरेको बताए।

तारारका अनुसार आक्रमण पाकिस्तानमाथि भएको भनिएको ड्रोन आक्रमणसँग सम्बन्धित पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र केन्द्रित थियो । पाकिस्तानले बुधबार अफगानिस्तानबाट आएका आठ ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको र ती सबैलाई खसालेको जनाएको थियो ।

अफगानिस्तानले भने पाकिस्तानी हवाई आक्रमणको विरोध गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कुनार र पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणबाट नागरिक हताहत भएको दाबी गरेका छन् ।

उनका अनुसार कुनारमा एक महिलासहित तीन सर्वसाधारणको मृत्यु भएको तथा चार जना घाइते भएका छन् । पक्तिकामा भने घर तथा स्थानीय पसलमा क्षति पुगेको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमए) का अनुसार अप्रिलदेखि जुन २०२६ सम्म सीमापार सशस्त्र हिंसाका घटनामा ३९९ सर्वसाधारण प्रभावित भएका छन् । तीमध्ये ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका छन् । प्रभावितमध्ये ४० महिला र ११२ बालबालिका रहेका छन् । युएनएएमएले हवाई आक्रमण र स्थल सैन्य गतिविधिलाई नागरिक प्रभावित हुनुका प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।

यसअघि जुन २८ मा पक्तिया, पक्तिका र कुनारमा भएका हवाई आक्रमणमा कम्तीमा २८ सर्वसाधारण मारिएको र ४९ जना घाइते भएको युएनएएमएले जनाएको थियो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले ती प्रान्तमा आफ्ना सुरक्षा बलले कारबाही गरेको पुष्टि गरेको थियो ।

सीमापार आतङ्कवादी गतिविधि, ड्रोन आक्रमण तथा सैन्य कारबाहीका विषयमा पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय तनाव बढ्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि सीमापार आक्रमण र आतङ्कवादी गतिविधिलाई संरक्षण दिएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  २ : ४४ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्