पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित, केन्द्रीय कमिटीले अनुमोदन गर्दै « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित, केन्द्रीय कमिटीले अनुमोदन गर्दै


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन्।

ललितपुरको भनिमण्डलस्थित एक ब्याङ्क्वेटमा चार दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताका रूपमा प्रस्ताव गरेका हुन्। 

भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। उनी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। राष्ट्रपति पदमा रहँदा उनले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग रहेकी थिइन्। 

राष्ट्रपति पदबाट अवकाश पाएपछि भण्डारीको एमालेमा सक्रिय राजनीतिमा पुनरागमनबारे चर्चा हुँदै आएको थियो। त्यसैक्रममा अध्यक्ष ओलीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव बैठकमा राखेका हुन्। 

ओलीले नै भण्डारीलाई २०८२ साउन ५-७ को केन्द्रीय कमिटी बैठकमार्फ सदस्यता रोकेर ढोका बन्द गरिदिएका थिए। एमाले केन्द्रीय कमिटीको जारी बैठक आजै समापन हुँदैछ। बैठकले अध्यक्ष ओलीको प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ। 

यससँगै भण्डारी एमालेको नेतृत्व संरचनामा औपचारिक रूपमा पुनः जोडिने बाटो खुल्नेछ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ०६ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग