कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन « Khabarhub

कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बागमती– जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनासहित बाढीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता बढाइएको छ।
    
बाढीका कारण सम्भाव्य जोखिमी न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको हो ।
    
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको छ ।
    
निरन्तरको बर्षाका कारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए।

यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा रहेको जानकारी दिँदै उनले आज एक हजार ५२२.२५ मिटरमा जलसतह रहेको बताए।

कार्यालयका तर्फबाट जलसतह एक हजार ५२७ मिटर भएका अवस्थामा पहिलो चेतावनीयुक्त साइरन बजाइने उनले जानकारी दिए ।

जलसतह एक हजार ५२८ पुगेका अवस्थामा दोस्रो चेतावनीसहित केही लामो साइरन बज्ने जानकारी दिँदै उनले त्यसभन्दा माथि जल सतह भएका अवस्थामा निरन्तर लामो समयसम्म साइरन बजाइने जानकारी दिए । साइरनको संकेतअनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने उनले बताए।

सम्भाव्य बाढीको जोखिमीलाई दृष्टिगत गरी बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले जलाशय क्षेत्रको स्थलगत रुपमा अवलोकन गर्दै सरोकारवालासँग छलफलसमेत गरेको थियो ।

भारी वर्षाको प्रक्षेपण भएका अवस्थामा सबैले आ–आफ्नो स्थानबाट सुरक्षा सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ । मकवानपुरको हेटौँडा र आसपासमा बिहानदेखि निरन्तर पानी परिरहेको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : २० बजे

नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता

न्यूयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी समकक्षी पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच

राष्ट्रिय व्यावसायिक पहलद्वारा बाढी प्रभावितका लागि सौर्य लालटिन हस्तान्तरण

काठमाडौं– राष्ट्रिय व्यावसायिक पहलले स्केन्डर इलेक्ट्रिकको सहयोगमा रसुवा भोटेकोशी बाढीबाट

राष्ट्रसङ्घीय महासभामा साइडलाइनमा हिमाली जलवायु सङ्कटबारे अन्तर्राष्ट्रिय संवाद हुने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको साइडलाइनमा क्रायोस्फियरमा देखिएको जलवायु

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा १६ गते

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको दुई दशक पूरा

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी

ढाका– बङ्गलादेशको संसद्ले सेप्टेम्बरमा पारित गरेका तीनवटा नयाँ कानूनले मानव