ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय « Khabarhub

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय सुरक्षाका विषय प्रमुख रूपमा उठ्ने भएका छन्।

अमेरिका र चीनबीच प्रतिस्पर्धा र मतभेद कायमै रहे पनि दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप तनावपूर्ण हुन नदिन संवादलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्।

वार्ताअघि अमेरिका र चीनले व्यापार युद्धविरामलाई दुई महिना थप गरी आगामी जनवरी १० सम्म कायम राख्न सहमति गरेका छन्। यसअघि युद्धविराम नोभेम्बर १० मा समाप्त हुने तय भएको थियो। दुर्लभ माटो तथा अन्य महत्त्वपूर्ण खनिजको आपूर्ति, उन्नत प्रविधि र चिप्ससम्बन्धी विषयमा भने दुई देशबीच अझै मतभेद छन्।

कृत्रिम बौद्धिकता पनि दुई देशबीचको वार्ताको नयाँ विषय बनेको छ। राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कृत्रिम बौद्धिकतासम्बन्धी घटनाबारे सूचना आदानप्रदान गर्ने संयन्त्र निर्माणका विषयमा छलफल हुनसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

इरानको विषयमा पनि वार्ता हुने अपेक्षा गरिएको छ। अमेरिकाले चीनलाई आफ्नो प्रभाव प्रयोग गर्दै द्वन्द्व अन्त्यका लागि तेहरानलाई प्रोत्साहित गर्न आग्रह गर्दै आएको छ। चीनले भने इरानसँगको आफ्नो आर्थिक सम्बन्ध तथा मध्यपूर्वमा जारी द्वन्द्वबारे छुट्टै धारणा राख्दै आएको छ।

ताइवानसम्बन्धी विषय पनि दुई देशबीचको संवेदनशील मुद्दाका रूपमा वार्तामा उठ्ने अपेक्षा गरिएको छ। चीनले ताइवानसम्बन्धी विषयलाई आफ्नो प्रमुख चासोका रूपमा प्रस्तुत गर्दै आएको छ भने अमेरिकाले ताइवानलाई सुरक्षा सामग्री उपलब्ध गराउँदै आएको छ। राष्ट्रपति सीले ताइवानलाई हतियार बिक्री रोक्न अमेरिकासँग आग्रह गर्दै आएका छन्।

व्यापार र सुरक्षा क्षेत्रमा मतभेद कायम रहे पनि दुवै पक्षले सम्बन्धलाई थप बिग्रन नदिन संवाद कायम राख्न चाहेका छन्। विश्लेषकहरूका अनुसार यसपटकको वार्ताबाट ठूलो सम्झौताभन्दा विद्यमान व्यापार सहमति कायम राख्ने र संवेदनशील विषयमा संवाद अघि बढाउने प्रयास हुने सम्भावना छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : ३९ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग