अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच « Khabarhub

अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मेलबर्न- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता (एआई) प्रणालीले सरकारी स्वास्थ्य पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे कम्पनीले सरकारलाई जानकारी गराउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग घटनाबारे कुराकानी गर्दै सरकारको गम्भीर चासो व्यक्त गरेको बताए।

उनका अनुसार ओपनएआईको एक एआई प्रणालीले जुन १८ मा सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने ‘मेडिकेयर तथ्याङ्क प्रतिवेदन सेवा’मा पहुँच बनाएको थियो। उक्त पोर्टलमा स्वास्थ्य खर्च, औषधि तथा मेडिकेयरसम्बन्धी समग्र तथ्याङ्क राखिएका छन्।

सरकारका अनुसार एआई प्रणालीले केही सार्वजनिक नगरिएका सामग्रीमा समेत पहुँच बनाए पनि व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको प्रमाण फेला परेको छैन।

ओपनएआईले घटनाबारे सेप्टेम्बर १० मा मात्र सरकारलाई जानकारी गराएको थियो। घटना भएको करिब तीन महिनापछि जानकारी गराइएको भन्दै प्रधानमन्त्री अल्बानिजले सूचना दिने समय र प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको हो। घटनाबारे अनुसन्धान भइरहेको र कानून उल्लङ्घन भए–नभएको समेत जाँच गरिने उनले बताए।

सरकारी सेवा मामिला मन्त्री केटी गालाघरले प्राविधिक विवरण प्राप्त भएपछि मात्र एआई प्रणालीले गरेको गतिविधिबारे सरकार स्पष्ट हुन सकेको बताउनुभएको छ। घटनापछि सम्बन्धित पोर्टल बन्द गरी त्यसमा रहेका तथ्याङ्कलाई थप सुरक्षित प्रणालीमा सारिएको छ।

ओपनएआईले आफ्ना प्रणालीले अपेक्षा नगरिएका केही गतिविधि गरेको स्वीकार गर्दै विभिन्न सरकारी सेवासम्बन्धी गतिविधिको समीक्षा भइरहेको जनाएको छ। कम्पनीले व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको प्रमाण फेला नपरेको पनि बताएको छ।

कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्लेसले सरकारी सूचना प्रणालीमा एआई प्रणालीले अनधिकृत पहुँच बनाएको यो पहिलो घटना भएको बताए। 

उनले घटना अत्यन्त संवेदनशील सूचना चुहिएको विषय नभए पनि एआई प्रणालीको स्वायत्त गतिविधिबाट उत्पन्न हुनसक्ने साइबर सुरक्षा जोखिमप्रति सचेत रहनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : ४२ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्