बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी « Khabarhub

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको संसद्ले सेप्टेम्बरमा पारित गरेका तीनवटा नयाँ कानूनले मानव अधिकार संरक्षण तथा सुरक्षा निकायको जवाफदेहितासम्बन्धी व्यवस्था कमजोर बनाएको ह्युमन राइट्स वाचले जनाएको छ ।

संस्थाका अनुसार नयाँ कानूनले राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को स्वतन्त्रता र अनुसन्धान अधिकार सीमित गरेको छ । अन्तरिम सरकारले जबरजस्ती बेपत्ता, गैरन्यायिक हत्या र यातनाजस्ता घटनाको अनुसन्धान गर्न आयोगलाई थप अधिकार दिएको भए पनि नयाँ कानूनमार्फत तीमध्ये केही अधिकार हटाइएको संस्थाको दाबी छ ।

आयोगका पदाधिकारी नियुक्तिको प्रक्रिया तथा बजेट र प्रशासनिक स्वतन्त्रतामा समेत सरकारी प्रभाव बढाइएको ह्युमन राइट्स वाचले जनाएको छ ।

सेप्टेम्बर ६ मा पारित जबरजस्ती बेपत्ता रोकथाम तथा निवारण ऐनले आयोगको प्रत्यक्ष अनुसन्धान तथा गोप्य हिरासतस्थलको अनुगमन गर्ने अधिकार सीमित गरेको र कमान्ड जिम्मेवारीसम्बन्धी कानूनी व्यवस्थासमेत परिवर्तन गरेको संस्थाले जनाएको छ ।

त्यस्तै, सेप्टेम्बर १० मा संसद्ले अर्धसैनिक बल ¥यापिड एक्सन बटालियन (आरएबी) को नाम परिवर्तन गरी स्पेसल रेस्पोन्स बटालियन (एसआरबी) बनाउने कानून पारित गरेको छ । आरएबीका कर्मचारी, अधिकार, सम्पत्ति र अभिलेख एसआरबीमा हस्तान्तरण गरिएको तथा नयाँ बलले सेप्टेम्बर १६ देखि काम थालेको ह्युमन राइट्स वाचले जनाएको छ ।

आरएबीमाथि गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न भएको आरोप लगाउँदै अमेरिकाले यसअघि प्रतिबन्ध लगाएको थियो ।

ह्युमन राइट्स वाचकी एसिया निर्देशक एलेन पियर्सनले विगतका मानव अधिकार उल्लङ्घन दोहोरिन नदिन स्वतन्त्र मानव अधिकार निकाय र सुरक्षा क्षेत्रमा वास्तविक सुधार आवश्यक रहेको बताएका छन् ।

संस्थाले बङ्गलादेशका अन्तर्राष्ट्रिय साझेदारलाई एसआरबीमाथि स्वतन्त्र निगरानी, मानव अधिकारसम्बन्धी कडा जाँच तथा गिरफ्तारी र हिरासतका क्रममा आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारमाथि दबाब दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ४ : ४८ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार