ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा १६ गते « Khabarhub

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा १६ गते


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको दुई दशक पूरा गर्दै २०औँ वार्षिक साधारणसभा आगामी १६ असोज २०८३ मा आयोजना गर्दैछ ।  

बैंकको हाल ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ प्रतिनिधि कार्यालय सहितको सेवा सञ्जाल रहेको छ । 

बैंकले देशभरका विभिन्न सेवा माध्यममार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप रु. ७००.४४ अर्ब, कुल कर्जा रु. ४७६.८४ अर्ब तथा चुक्ता पुँजी रु. ३८.११६ अर्ब पुगेको छ । सो अवधिमा बैंकले रु. ६.०३६ अर्ब खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बृद्धि हो । निक्षेपमा २१.८० प्रतिशत तथा कर्जा लगानीमा ८.२२ प्रतिशत वृद्धि भएको छ । 

साथै, बैंकले सेयर धनीहरूलाई १०प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लगेको छ । उक्त सभाबाट स्वीकृत भएपश्चात् सेयर धनीलाई लाभांश वितरण गर्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ५ : ०५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या