गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ « Khabarhub

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले आफू सत्तामा आएयता इजरायलले सिरियामा ५०० भन्दा बढी हवाई तथा तोप आक्रमण र करिब एक हजार २०० स्थल कारबाही गरेको दाबी गरे। ती कारबाहीका क्रममा करिब ३०० जनालाई हिरासतमा लिइएको उनले बताए।

अल–साराले सन् १९६७ को युद्धमा इजरायलले सिरियाबाट कब्जा गरेको र सन् १९८१ मा विलय घोषणा गरेको गोलान हाइट्समाथिको इजरायली नियन्त्रणको विरोध गरे। उनले भने, ‘गोलान सिरियाको भूमि नै रहनेछ ।’

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलान हाइट्समाथि इजरायलको सार्वभौमिकतालाई मान्यता दिनुभएको थियो । तर संयुक्त राष्ट्रसङ्घ र अधिकांश अन्तर्राष्ट्रिय समुदायले गोलान हाइट्सलाई सिरियाली भूभाग मान्दै इजरायलको विलयलाई मान्यता दिएका छैनन् ।

अल–साराले इजरायललाई सन् १९७४ को सम्झौताअनुसार कायम गरिएको असैन्यीकृत क्षेत्रसम्बन्धी व्यवस्था पालना गर्न आग्रह गर्नुभयो । उहाँले इजरायली सेनालाई सन् २०२४ डिसेम्बर ८ मा कायम रहेको सीमारेखातर्फ फर्किनसमेत आग्रह गरे।

इजरायलले भने दक्षिणी सिरियामा सेना पठाउनुको उद्देश्य सम्भावित आक्रमण रोक्नु रहेको बताउँदै आएको छ ।

यसैबीच, अल–साराले मङ्गलबार अट्लान्टिक काउन्सिलको कार्यक्रममा ट्रम्पको गोलानसम्बन्धी नीतिमाथि व्यङ्ग्य गरेका थिए । उनले गोलान हाइट्स इजरायललाई दिनुको सट्टा अमेरिकाको न्यु जर्सी दिने प्रस्ताव किन नगरेको भनेर आफूले ट्रम्पलाई सोधेको बताएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ५ : २९ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्