धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक « Khabarhub

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । नेपालको पुँजी बजारलाई आधुनिक, गतिशील र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ तयार पारेको हो । बोर्डले सार्वजनिक गरेको उक्त अवधारणापत्रमा नेपालको दोस्रो बजारमा इन्ट्राडे कारोबार लागू गर्नका लागि आवश्यक कानूनी, संस्थागत, प्राविधिक र जोखिम व्यवस्थापन ढाँचाको विस्तृत विश्लेषण तथा खाका प्रस्तुत गरिएको छ ।

नेपालको धितोपत्र दोस्रो बजार हालसम्म पूर्ण रूपमा डेलिभरीमा आधारित प्रणालीमा सञ्चालन भइरहेको छ । यस प्रणालीमा खरिद वा बिक्री गरिएको धितोपत्रको अनिवार्य फर्छ्यौट तोकिएको समयभित्र गर्नुपर्ने व्यवस्थाले बजारमा स्थायित्व र लगानीकर्ता संरक्षणमा योगदान पुर्याए पनि बजारको तरलता, मूल्य अन्वेषण र कारोबार रणनीतिको लचकतामा केही सीमितता सिर्जना गरेको छ । यसै सन्दर्भमा बजारमा तरलता बढाउन, प्रभावकारी मूल्य अन्वेषण प्रक्रियालाई प्रोत्साहन गर्न, कारोबार लागतको प्रभावकारी उपयोग गर्न र संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्न इन्ट्राडे कारोबार प्रणालीको अध्ययन तथा कार्यान्वयन आवश्यक मानिएको हो ।

धितोपत्र बोर्डले प्रस्तुत गरेको अवधारणापत्रका प्रमुख उद्देश्यहरूमा नेपालमा इन्ट्राडे कारोबारको सम्भाव्यता मूल्याङ्कन गर्ने, अन्तर्राष्ट्रिय अभ्यास अनुरूप उपयुक्त मोडल प्रस्ताव गर्ने, कानुनी तथा संस्थागत सुधार पहिचान गर्ने र जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणका उपायहरू तयार गर्नु रहेको छ । यो ढाँचा ‘लगानीकर्ता संरक्षण पहिलो प्राथमिकता’, ‘जोखिममा आधारित नियमन’, ‘प्रविधिमा आधारित सञ्चालन’, ‘पारदर्शिता’ र ‘चरणबद्ध कार्यान्वयन’ जस्ता मार्गदर्शक सिद्धान्तहरूमा आधारित छ । अन्तरदिवसीय कारोबार भन्नाले एउटै कारोबार दिनभित्र धितोपत्र खरिद गरी सोही दिन बिक्री गर्ने वा अनुमति प्राप्त अवस्थामा पहिले बिक्री गरी सोही दिन पुनः खरिद गरेर आफ्नो पोजिसन बन्द गर्ने प्रणालीलाई जनाउँछ ।

कारोबार दिन समाप्त हुँदा लगानीकर्ताको कुनै पनि खुला पोजिसन बाँकी नरहनु यसको मुख्य विशेषता हो । नेपालको प्रस्तावित प्रणालीमा प्रारम्भिक चरणमा ुपहिले खरिद(पछि बिक्रीु मोडललाई मात्र अनुमति दिने प्रस्ताव गरिएको छ । धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट सेलिङको कानूनी तथा प्राविधिक पूर्वाधार पूर्ण रूपमा विकास भएपछि मात्र ‘पहिले बिक्री-पछि खरिद’ मोडल लागू गरिनेछ । वित्तीय सिद्धान्तका आधारमा इन्ट्राडे कारोबार कुशल बजार परिकल्पना, तरलता सिद्धान्त, मूल्य अन्वेषण सिद्धान्त, बजार सूक्ष्म संरचना सिद्धान्त, सूचना दक्षता सिद्धान्त र व्यावहारिक वित्त सँग जोडिएको छ । अन्तर्राष्ट्रिय विकासक्रमलाई हेर्दा खुल्ला बोलकबोल प्रणालीबाट सुरु भई विद्युतीय कारोबार, वास्तविक-समय जोखिम व्यवस्थापन र डिजिटल र एल्गोरिद्मिक कारोबारसम्म विस्तार भएको देखिन्छ ।

भारत, संयुक्त राज्य अमेरिका, बेलायत, सिङ्गापुर, मलेसिया, अष्ट्रेलिया, हङकङ र जापान जस्ता मुलुकहरूको उत्कृष्ट अभ्यास अध्ययन गरी नेपालले ‘प्रविधि पहिलो, नियमन पहिलो र जोखिम व्यवस्थापन पहिलो’ सिद्धान्तका आधारमा आफ्नो बजार संरचना अनुकूल कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । नेपालको दोस्रो बजारले नेप्सेको पूर्ण विद्युतीय कारोबार प्रणाली, सिडिएससीको केन्द्रीय निक्षेप प्रणाली, अनलाइन कारोबार व्यवस्थापन प्रणाली र डिम्याट खाताको विस्तारमार्फत उल्लेखनीय पूर्वाधार विकास गरिसकेको छ । यद्यपि, हालको बजार संरचना डेलिभरी-आधारित कारोबारमा मात्र केन्द्रित रहेकाले इन्ट्राडे कारोबार सञ्चालनका लागि केही संरचनात्मक सीमाहरू रहेका छन् ।

वास्तविक-समय जोखिम व्यवस्थापन, प्रि-ट्रेड रिस्क चेक्स, इन्ट्राडे मार्जिन ढाँचा, खुला पोजिसनको अनुगमन र अटो स्क्वायर(अफ प्रणालीको अभाव विद्यमान बजारमा देखिएको छ । कानूनी तथा नियामक तयारीको मूल्याङ्कन गर्दा, धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बोर्डलाई बजार नियमन र नयाँ निर्देशिका जारी गर्ने आधारभूत अधिकार प्रदान गरेको छ । तर, इन्ट्राडे कारोबार सञ्चालनका लागि विशिष्ट नियमावली, निर्देशिका, नेप्से कारोबार विनियमावली संशोधन, ब्रोकर सञ्चालन मापदण्ड र नयाँ जोखिम व्यवस्थापन मापदण्ड तर्जुमा गर्नु आवश्यक छ ।

समग्र मूल्याङ्कन अनुसार नेपालको पूँजी बजार कानुनी रूपमा तयार भए तापनि प्राविधिक, संस्थागत र ब्रोकर तहको तयारीका कारण इन्ट्राडे कारोबारका लागि ‘सशर्त रूपमा तयार’ रहेको निष्कर्ष निकालिएको छ । नेपालमा इन्ट्राडे कारोबार सञ्चालनका लागि बोर्डले एकीकृत ‘नेपाल अन्तरदिवसीय धितोपत्र कारोबार ढाँचा’ प्रस्ताव गरेको छ । यस ढाँचा अन्तर्गत प्रमुख प्राविधिक तथा सञ्चालनगत संरचनाहरू तोकिएका छन् । जसमा नेपाल इन्ट्राडे ट्रेडिङ मोडल र कारोबार चक्र, योग्य धितोपत्र छनोट ढाँचा, लगानीकर्ता योग्यता ढाँचा, आदेशका प्रकार र कारोबार सत्र, इन्ट्राडे मार्जिन व्यवस्थापन ढाँचा र जोखिम व्यवस्थापनका बहुआयामिक ढाँचाहरू रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ५ : ३६ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम