औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत « Khabarhub

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ ।

अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घ (आइएफआर) को ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट जडान भएका थिए । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो ।

फ्र्याङ्कफर्टस्थित आइएफआरका अध्यक्ष जेन हेफनरले एक दशकअघि सुरु गरिएको राष्ट्रिय रोबोटिक्स रणनीतिका कारण चीनले औद्योगिक क्षेत्रको आधुनिकीकरणमा उल्लेख्य प्रगति गरेको बताएका छन् । चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) ले पनि रोबोटिक्स र कृत्रिम बौद्धिकताको प्रयोगलाई प्राथमिकता दिएको उनले उल्लेख गरे।

चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर वाहन, धातु तथा मेसिनरी उद्योगबाट बढी आएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ मा विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा ९६ हजार चार सय, मोटर वाहन उद्योगमा ७८ हजार नौ सय तथा धातु तथा मेसिनरी उद्योगमा ७८ हजार सात सय औद्योगिक रोबोट जडान भएका थिए ।

चिनियाँ रोबोट निर्माता कम्पनीहरूको घरेलु बजार हिस्सा पनि बढेको छ । सन् २०२५ मा चिनियाँ कम्पनीले आपूर्ति गरेका औद्योगिक रोबोटको जडान १५ प्रतिशतले बढेर एक लाख ९५ हजार पुगेको थियो । यो चीनमा भएको कुल औद्योगिक रोबोट जडानको ५५ प्रतिशत हो ।

आइएफआरका अनुसार चीनको औद्योगिक रोबोट बजार अझै सन्तृप्त भएको छैन । सन् २०२९ सम्म चीनको औद्योगिक रोबोट बजारमा वार्षिक पाँचदेखि १० प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ ।

जनसङ्ख्यामा आएको परिवर्तन र श्रमिक अभावका कारण उद्योगमा स्वचालनको माग बढ्ने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ६ : १५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका