दोभान बजारमा आगलागी « Khabarhub

दोभान बजारमा आगलागी


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको छ । स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीले बजार क्षेत्रका केही घर जलेका छन् । आज दिउँसो अचानक आगलागी भएको हो ।

आगलागीको कारण खुलेको छैन । यद्यपि विद्युत् सर्ट भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरीको टोली परिचालन गरिएको छ भने स्थानीयवासीले समेत नियन्त्रणको प्रयासमा सहयोग गरिरहेका छन् ।

अन्य घरमा आगो फैलिन नदिन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए । घटनास्थलमा दमकलसमेत पठाइएको उनले बताए ।

”आगलागीले कति घर जलेका भन्ने विवरण आएको छैन । आगो अहिले पनि लागिरहेको स्थानीयले बताएका छन्”, उनले भने । यसअघि पनि विसं २०७७ मा दोभान बजारमा आगलागी भएको थियो । मेरिङदेन गाउँपालिका-३ मा पर्ने दोभान बजार जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ६ : ४६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म