अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह « Khabarhub

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ- जिल्ला प्रशासन कार्यालयले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद्का लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न पनि सबैमा अनुरोध गरेको छ । प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै विद्मा आवश्यक एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा ठूला उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा आजदेखि असोज ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको विशेष मौसम बुलेटिन जारी गरेपछि बागलुङ जिल्ला पनि जोखिममा रहेकाले प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेर जिल्लामा विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सुरक्षा सचेतनाका लागि सूचना जारी गर्ने तथा सबै सुरक्षा निकायले खोज तथा उद्धार सामग्रीसहित सुरक्षा जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

जोखिमयुक्त वस्तीमा पूर्वसतर्कता अपनाउन सबै स्थानीय तहसँग निरन्तर समन्वय र सहकार्य गर्ने, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराई सुरक्षित अवस्थामा रहन स्थानीय तह र स्थानीय प्रहरी इकाइमार्फत अनुरोध गर्ने, भारी वर्षा हुने अनुमान गरिएका स्थान तथा खोला किनारका बस्तीमा सूचना प्रवाह गर्ने, साथै जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन जिल्लास्थित स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

उनका अनुसार बैठकले अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र एवम् एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई विपद् उद्धार सामग्री र सडक अवरोध हटाउने उपकरण (जेसिबी/एक्साभेटर) निर्माण व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ७ : २९ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्