जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् ।

भारी वर्षाका कारण निम्तिनसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूको सुरक्षामा विशेष ध्यान दिने उनले स्थानीय तहलाई आग्रह गरेका हुन् । ”सबै ७५३ स्थानीय तहको विपद् व्यवस्थापन समितिलाई आवश्यक पूर्व तयारी र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न भनिएको छ । आफू सुरक्षित रहँदै विपद् कार्यमा तत्पर रहन भनिएको छ,” प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। 

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ उनले बताए ।   जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको जानकारी प्रधानमन्त्रीले दिएका छन् । 

सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउँदै विपद् प्रतिकार्यका लागी पूर्ण तयारी गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री बालेनले राति यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ९ : २५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा