६६ जिल्लाका ६३० पालिकामा सकियो कांग्रेसको अधिवेशन « Khabarhub

६६ जिल्लाका ६३० पालिकामा सकियो कांग्रेसको अधिवेशन


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले ६६ जिल्लाका ६३० पालिकाहरूमा अधिवेशन सकेको छ ।

नेपाली कांग्रेसको असोज १६ देखि १९ गतेसम्म काठमाडौँ मा हुने १५औँ महाधिवेशन अन्तर्गत ६३० पालिकाको अधिवेशन सकिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले ७५३ पालिकाहरूमा ६३० मा अधिवेशन सकिएको बताएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले असोज १० गतेका लागि प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यसूची रहेको बताए । तर, वर्षाका कारण क्षेत्रीय अधिवेशनहरू तोकिएको समय भन्दा ढिलो हुन सक्ने उनले बताए ।

कटुवालले विज्ञप्ति जारी गर्दै भनेका छन्,’असोज १० का लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू आ–आफ्नो क्षेत्रको मौसमको अवस्था हेरी मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकुल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी २०८३ असोज १३ गतेभित्र गरिसक्नेगरी त्यहाँको अनुकूलतामा आवश्यक व्यवस्था मिलाउन निर्देशन गरिन्छ ।’

कांग्रेसले असोज १३ गते भित्रमा क्षेत्रीय अधिवेशनहरू सक्न निर्देशन दिएको छ । नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्दै छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ९ : ५० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा