महानिर्देशक रजौरियाको दाबी- सुनकोशी–मरिणको ठेक्का रद्द गर्नु कानुनसम्मत « Khabarhub

महानिर्देशक रजौरियाको दाबी- सुनकोशी–मरिणको ठेक्का रद्द गर्नु कानुनसम्मत


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले दाबी गरेका छन् ।

 मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको स्पष्टीकरण दिएका हुन् ।

रजौरियाका अनुसार संशोधित नियमावलीले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचनाको खरिद प्रक्रियामा रेटेड प्वाइन्ट क्राइटेरिया (अङ्कभारमा आधारित मूल्यांकन विधि) अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि अघि बढाइएको औसत मूल्यमा आधारित मूल्यांकन विधिभन्दा नयाँ व्यवस्था बढी प्रभावकारी हुने उनको दाबी छ ।

उनले रेटेड प्वाइन्ट क्राइटेरियाबाट निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता र अन्य निर्धारित मापदण्डको समग्र मूल्यांकन गर्न सकिने बताए । यसले आयोजनाको गुणस्तर, निर्माण प्रभावकारिता, समयमै सम्पन्न हुने सम्भावना तथा सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

संशोधित व्यवस्थाअनुसार बोलपत्रसम्बन्धी कागजात तयार गरी पुनः प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउँदा भविष्यमा आउन सक्ने कानुनी विवाद र प्रक्रियागत जटिलता न्यूनीकरण हुने पनि उनले समितिलाई जानकारी गराएका छन् ।

महानिर्देशक रजौरियाले ठेक्का रद्द गर्ने निर्णय कुनै व्यक्ति वा पक्ष विशेषको हितमा नभई कानुनको पालना, पारदर्शिता, प्रतिस्पर्धात्मक खरिद प्रणाली र सार्वजनिक हितलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेका छन् ।

सुनकोशी–मरिण आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेपछि रद्द गरिएको थियो ।

टेन्डरका सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा ठेक्का रद्द गर्नु त्रुटिपूर्ण भएको दाबीसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । उक्त उजुरीमाथि समितिको आजको बैठकमा छलफल भएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १२ : १८ बजे

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया– बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ

सुनकोशी–मरिण ठेक्का रद्द प्रकरण : सार्वजनिक लेखा समितिले माग्यो ७ दिनभित्र कागजात

काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा

महानिर्देशक रजौरियाको दाबी- सुनकोशी–मरिणको ठेक्का रद्द गर्नु कानुनसम्मत

काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने

विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण

डिसेम्बर १६ मा स्वदेश फर्कने हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर