‘जलाकी’ र ‘हिमालयन गोल्ड’ लाई दर्शकको खडेरी « Khabarhub

‘जलाकी’ र ‘हिमालयन गोल्ड’ लाई दर्शकको खडेरी

‘बाटुलो जुन’ को कमाइ ८ करोड नाघ्यो


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्मको घरेलु बक्स अफिसमा अहिले रोचक अन्तर देखिएको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ ले दर्शकको साथ पाउन संघर्ष गरिरहेका छन् भने ‘बाटुलो जुन’ ले भने लगातार राम्रो व्यापार गरिरहेको छ ।

अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ ले प्रदर्शनको चार दिनमा २३ लाख रुपैयाँ मात्रै कमाएको छ । मङ्सिर ७ गतेसम्म फिल्मका ६ हजार ६२२ वटा टिकट बिक्री भएका छन्। ‘खुस्मा’ को सफलतापछि सोही टिमले निर्माण गरेको फिल्म भएकाले यसबाट राम्रो अपेक्षा गरिएको थियो । विषयवस्तुका हिसाबले सकारात्मक चर्चा पाए पनि त्यो चर्चा हलसम्म दर्शक तान्न पर्याप्त देखिएको छैन ।

यता, दिवंगत अभिनेता सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को व्यापार झनै निराशाजनक छ । धिराज राजवंशी निर्देशित फिल्मले चार दिनमा करिब ८ लाख रुपैयाँ मात्रै कमाएको छ। यस अवधिमा फिल्मका १ हजार ७६६ टिकट बिक्री भएका छन् ।

दुवै फिल्मको सुरुआती व्यापारले नेपाली फिल्मको बक्स अफिसमा दर्शक आकर्षित गर्न अझै चुनौती रहेको देखाएको छ । पहिलो विकेन्डमै अपेक्षित व्यापार गर्न नसकेका यी फिल्मलाई आगामी दिनमा दर्शकको साथ जुटाउन कठिन हुन सक्ने देखिन्छ ।

तर, यही समयमा प्रदर्शनरत ‘बाटुलो जुन’ भने बक्स अफिसमा बलियो देखिएको छ । फिल्मले प्रदर्शनको ११ दिनमै घरेलु बजारबाट ८ करोड ३५ लाख रुपैयाँ कमाइसकेको छ । एउटै बजारमा प्रदर्शन भइरहेका फिल्मको कमाइमा देखिएको यो ठूलो अन्तरले कुन फिल्मले दर्शकको मन जितिरहेको छ भन्ने प्रस्ट पारेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : ३९ बजे

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय

‘जलाकी’ र ‘हिमालयन गोल्ड’ लाई दर्शकको खडेरी

काठमाडौं– नेपाली फिल्मको घरेलु बक्स अफिसमा अहिले रोचक अन्तर देखिएको

वैज्ञानिकहरूले पत्ता लगाए अहिलेसम्मकै टाढाको क्वासर

एजेन्सी– वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड

सामुदायिक वनको ओडारबाट ८ नाल भरुवा बन्दुक बरामद

सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारबाट

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक