सामुदायिक वनको ओडारबाट ८ नाल भरुवा बन्दुक बरामद « Khabarhub

सामुदायिक वनको ओडारबाट ८ नाल भरुवा बन्दुक बरामद


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारबाट प्रहरीले आठ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले मंगलबार सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो ।

प्रहरीका अनुसार बरामद गरिएका आठ बन्दुकमध्ये सात नाल साबुत र एक नाल बेसाबुत अवस्थामा रहेका छन् ।

बरामद बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : २६ बजे

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय

‘जलाकी’ र ‘हिमालयन गोल्ड’ लाई दर्शकको खडेरी

काठमाडौं– नेपाली फिल्मको घरेलु बक्स अफिसमा अहिले रोचक अन्तर देखिएको

वैज्ञानिकहरूले पत्ता लगाए अहिलेसम्मकै टाढाको क्वासर

एजेन्सी– वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड

सामुदायिक वनको ओडारबाट ८ नाल भरुवा बन्दुक बरामद

सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारबाट

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक