बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ « Khabarhub

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट आफूहरू उत्साहित भएको जनाएको छ । 

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्रीको भ्रमणले दुई देशबीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यका लागि भ्रमण कोशेढुंगा साबित भएको र सम्बन्ध सुधारमा नयाँ आयाम थपेको जनाएको हो ।

मुख्यरुपमा भारतबाट हुने आर्थिक सहयोग, गुजरातको काँडला बन्दरगाह र ओडिसाको पारादिप बन्दरगाह उपयोगका कुरा र झापा सिलिगुडी पाइपलाइन शिलान्यासले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहले बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट आफूहरू उत्साहित भएपनि जुट निर्यातमा एण्टीडम्पिङ ड्युटी र बिआईएस नविकरण बारे छलफल नहुनु दुखद भएको बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणमा क्रिकेट खेलको विकास र विस्तारका साथै पूर्वाधार निर्माणमा  भारतको सहयोगले र्पूवका खेल पर्यटनमा निकै सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाई छ । 

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : ५२ बजे

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

काठमाडौँ – रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ

काठमाडौं– मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट

चलचित्र विधेयकमा १२२ संशोधन प्रस्ताव, सेन्सरको व्यवस्था पुनरावलोकन गर्न जोड

काठमाडौँ – चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित अघि

‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको