कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट, के-के भए कुराकानी ? « Khabarhub

कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट, के-के भए कुराकानी ?


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालस्थित साउदी अरेबिया अधिराज्यका राजदूत फहद मोहम्मद ए. मनिखरले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल र साउदी अरेबियाबीच हुन लागेको श्रमसम्बन्धी द्विपक्षीय सहमतिका विषयमा छलफल भएको थियो। 

भेटका क्रममा मन्त्री गौतमले साउदी अरेबियामा कार्यरत नेपाली कामदारका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न द्विपक्षीय सहमति आवश्यक रहेको बताइन् ।

मन्त्री गौतमले साउदी अरेबियामा रोजगारीका लागि सञ्चालन भइरहेको सीप जाँचबुझ कार्यक्रमका बारेमा पनि जानकारी लिएकी थिइन् ।

त्यसैगरी, मन्त्री गौतमले नेपालमा आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन, २०२६’ को तयारीबारे उल्लेख गरिन् । उक्त सम्मेलन लगानीकर्ताका लागि राम्रो अवसर हुने विषयमा पनि सकारात्मक छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री गौतमले पारस्परिक कानूनी सहायता तथा न्याय क्षेत्रको वृत्तिविकास अभिवृद्धिका लागि कानून, न्याय र संसदीय मामिलाका विषयमा साउदी अरेबिया सरकारसँग सहकार्य गर्न नेपाल खुला रहेको सन्देश दिइन् 

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ६ : १३ बजे

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ– अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक,

कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट, के-के भए कुराकानी ?

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालस्थित साउदी अरेबिया

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

काठमाडौँ – रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ

काठमाडौं– मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट