आज २०८२ साल माघ १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ शुक्ल पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२६ जनवरी २४ तारिख । स्कन्द षष्ठी, अचला सप्तमी, अन्तर्राष्टिय शिक्षा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले निगरानी गरिरहेकाले काम गर्दा सचेत बन्नु राम्रो हुनेछ ।

वृष : दिन राम्रो छ । मनमा खुशी मिल्नेछ । लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु उचित हुन्छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । साथीले साथ दिएमा राजनीतिमा सेवाको अवसर मिल्नेछ ।

मिथुन : आम्दानीको स्रोत खुल्दै जानेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ ।

कर्कट : राम्रो अवसर प्राप्त हुनेछ । स्वास्थ्यले साथ दिनेछ । शत्रु बढ्नेछन् । शनिश्चर अनुकुल भएमा दिन सहज बन्नेछ । सल्लाह लिन थाल्दा महत्तवपूर्ण काम छुट्ने जोखिम छ ।

सिंह : बोल्नु अगाडि सोच्नुपर्नेछ । सम्पत्तिका पछाडि लाग्दा इज्जतको जोखिम हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यले निगरानी गरिरहेकाले सचेत बन्नु राम्रो हुन्छ ।

कन्या : दिन राम्रो छ । कृषि सम्बन्धी व्यापारबाट फाइदा हुनेछ । पशुपालनमा नाफा होला । सामाजिक क्षेत्रमा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : दिन सामान्य छ । तर्क नगर्नु उचित हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ । प्राविधिक शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । कला र गलाको प्रदर्शन गर्नुपर्नेछ । बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । सामाजिक क्षेत्रमा तर्क नगर्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : व्यवहारमा झन्झट आइपर्न सक्छ । इज्जतका लागि धन खर्च हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ ।

मकर : बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । योजना बनाउँदा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : स्वास्थ्यमा सुधार हुनेछ । आज तर्क गरेरै अरुको मन जित्न सकिनेछ । बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन शान्त बन्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

मीन : मनमा साना कुराले झन्झट आउनसक्छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सहमतिमा धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ५ : ४८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु