कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ « Khabarhub

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा आफ्नो सहभागिता र त्यसपछि राजनीतिमा प्रवेशबारे उठेका आलोचनाबारे स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारमा आफू बाध्यात्मक परिस्थितिमा सहभागी भएको स्पष्ट पारेका छन्।

उनले आन्दोलनपछिको विषम अवस्थालाई ध्यानमा राख्दै तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनका अगुवाहरूको आग्रहमा मन्त्री पदको जिम्मेवारी स्वीकार गरेका उल्लेख गरेका छन् ।

सरकारमा सहभागी हुने बेलामै भविष्यमा राजनीतिमा जाने सम्भावना रहेको र त्यस अवस्थामा पदमा बसिरहन उपयुक्त नहुने कुरा आफूले प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको घिसिङको भनाइ छ।

आवश्यक परेमा राजीनामा दिएर राजनीतिमा जान सकिने सहमतिपछि मात्र जिम्मेवारी सम्हालेको उनले बताएका छन् ।

घिसिङले आन्दोलनपछि राज्य संरचना लगभग शून्य अवस्थामा पुगेको बेला चुनौती स्वीकार गरेर काम गरेको दाबी गरेका छन्।

राजनीतिक प्रश्न उठेपछि आफूले पदबाट राजीनामा दिएको तथ्य सर्वविदित रहेको उल्लेख गर्दै उनले आफू पदलोलुप नभई जिम्मेवारी पूरा गर्ने व्यक्ति भएको जिकिर गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामहरूले आफ्नो जिम्मेवारीबोध प्रमाणित हुने उनको दाबी छ।

आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै घिसिङले त्यस्ता प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन्।

उज्यालो नेपाल निर्माणका लागि जीवन राजनीतिमा समर्पित गर्दै सक्रिय रहने उनले बताएका छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : २१ बजे

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका