कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ « Khabarhub

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा आफ्नो सहभागिता र त्यसपछि राजनीतिमा प्रवेशबारे उठेका आलोचनाबारे स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारमा आफू बाध्यात्मक परिस्थितिमा सहभागी भएको स्पष्ट पारेका छन्।

उनले आन्दोलनपछिको विषम अवस्थालाई ध्यानमा राख्दै तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनका अगुवाहरूको आग्रहमा मन्त्री पदको जिम्मेवारी स्वीकार गरेका उल्लेख गरेका छन् ।

सरकारमा सहभागी हुने बेलामै भविष्यमा राजनीतिमा जाने सम्भावना रहेको र त्यस अवस्थामा पदमा बसिरहन उपयुक्त नहुने कुरा आफूले प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको घिसिङको भनाइ छ।

आवश्यक परेमा राजीनामा दिएर राजनीतिमा जान सकिने सहमतिपछि मात्र जिम्मेवारी सम्हालेको उनले बताएका छन् ।

घिसिङले आन्दोलनपछि राज्य संरचना लगभग शून्य अवस्थामा पुगेको बेला चुनौती स्वीकार गरेर काम गरेको दाबी गरेका छन्।

राजनीतिक प्रश्न उठेपछि आफूले पदबाट राजीनामा दिएको तथ्य सर्वविदित रहेको उल्लेख गर्दै उनले आफू पदलोलुप नभई जिम्मेवारी पूरा गर्ने व्यक्ति भएको जिकिर गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामहरूले आफ्नो जिम्मेवारीबोध प्रमाणित हुने उनको दाबी छ।

आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै घिसिङले त्यस्ता प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन्।

उज्यालो नेपाल निर्माणका लागि जीवन राजनीतिमा समर्पित गर्दै सक्रिय रहने उनले बताएका छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : २१ बजे

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको