नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन « Khabarhub

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको पदयात्रा शुक्रबार सिन्धुलीगढीमा एक औपचारिक कार्यक्रमबीच समापन गरिएको छ।

मध्यपूर्वी पृतना हे.क्वा. बर्दिवास, श्री नं. ९ बाहिनी अड्डा तथा हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिकाको समन्वयमा ५ माघमा ऐतिहासिक स्थल हरिहरपुरगढीबाट सुरु गरिएको पदयात्रा ऐतिहासिक सिन्धुलीगढीमा आएर समापन भएको हो ।

नेपाली सेनाको भवानी बक्स गणका गणपति प्रमुख सेनानी सुदीप कुमार बिष्टको नेतृत्वमा मध्यपूर्वी पृतना अन्तर्गतका बाहिनी, गण तथा गुल्महरूबाट २२५ जना सैनिक अधिकृत तथा जवानहरूको टोलीले पाँच दिनसम्म पदयात्रा गरेको थियो।

टोलीले पाँच दिनमा ४७ किलोमिटर पैदल यात्रा तथा ७४ किलोमिटर सवारी यात्रा पूरा गरी सिन्धुलीगढी आइपुगेको थियो ।

समापन समारोहका अवसरमा पदयात्रा टोलीको झण्डा मध्यपूर्वी पृतनापति उपरथी कृष्णबहादुर जीसीलाई हस्तान्तरण गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै उपरथी जीसीले गढी तथा सामरिक भूगोलको महत्व हिजो, आज र भविष्यमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : ३९ बजे

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा