कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ « Khabarhub

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उदय शमशेर राणाले प्रधानमन्त्रीका भावी उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गर्न प्रस्ताव गरेका छन्।

उनले आज बिहान सामाजिक सञ्जालमार्फत यसपटक अधिकांश प्रमुख दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेको उल्लेख गर्दै नागरिकमा स्वाभाविक जिज्ञासा रहेको बताएका छन् ।

देश निर्माणका ठोस नीति, योजना र कार्यक्रमबारे खुला बहस आवश्यक भएको उनको भनाइ छ ।

अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका विषयमा प्रधानमन्त्रीका उम्मेदवारहरूको स्पष्ट दृष्टिकोण सार्वजनिक बहसमार्फत नागरिकसमक्ष आउनुपर्ने राणाको तर्क छ।

यस्तो बहसले मतदातालाई उम्मेदवारलाई नजिकबाट बुझ्ने अवसर दिने र विवेकपूर्ण मतदानमा सहयोग पुग्ने उनले बताए।

‘बहसले लोकतन्त्र बलियो हुन्छ, प्रश्नबाट कोही नभागौँ’, राणाले लेखेका छन् ।

उनले नेपाली कांग्रेस यस्तो बहसका लागि तयार रहेको स्पष्ट गर्दै अन्य दलहरूलाई पनि तयारी छ कि छैन भनेर चुनौती दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : ०३ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने