ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर « Khabarhub

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउन झापा ५ पुग्दा जमानत जफत भएका युग पाठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । 

लेखक, विश्लेषक तथा नागरिक अभियन्तासमेत रहेका पाठक लाई शनिबार नेकपा संयोजक प्रचण्डले स्वागत गरेका छन् । पाठक आफ्ना लेखहरूमार्फत् एमाले अध्यक्ष ओलीको कडा आलोचना गरिरहन्छन् । 

उनी २०७९ मा ओलीलाई हराउने भन्दै झापा ५ मा चुनाव लड्न पुग्दा जमानत जफत भएको थियो ।

यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ। पाठकले ३ सय ५६ मत मात्र प्राप्त गरेका थिए।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ । उनले मुख्य प्रतिस्पर्धी ठानेका ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए। 

ओलीका प्रतिद्वन्द्वी तत्कालीन सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याएका थिए

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : ४४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको