ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम « Khabarhub

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो । यसमा १० वटा इलेक्ट्रोलाइसिस मोड्युल राखिएको छ, जसको कुल उत्पादन क्षमता १०० मेगावाट छ ।

गाल्प कम्पनीले यस परियोजनाले पोर्चुगललाई युरोपको ऊर्जा रूपान्तरणमा मुख्य भूमिका निभाउन मद्दत गर्ने बताएको छ ।

यो इकाई यस वर्षको दोस्रो भागमा पूर्ण रूपमा सञ्चालनमा आउनेछ। यसले वार्षिक १५ हजार टन नवीकरणीय हाइड्रोजन उत्पादन गर्नेछ । यसले हाल प्रयोग भइरहेको ग्रे हाइड्रोजनको २० प्रतिशत प्रतिस्थापन गर्न सक्नेछ ।

यस परियोजनाले वार्षिक एक लाख १० हजार टन कार्बन डाइअक्साइड (सीओटु) उत्सर्जन कम गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यसरी पोर्चुगलले हरित ऊर्जा उत्पादन र वातावरण संरक्षणमा ठुलो कदम उठाएको छ ।
 

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १ : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली