रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ « Khabarhub

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन शाहलाई बरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासंग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका छन् ।

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले बताए । उनले सो समयमा समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दावी गरे। तर, प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढि उम्मेदवार उठाउने प्रस्ताव आफूहरूले गरेको उनले बताए ।

उनले आफूले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे ।

घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दवाव आएको हुनसक्ने आशंका व्यक्त गरे । आगामी चुनावका लागि पार्टीले सशक्त रुपमा तयारी गरिसकेको उनको भनाइ छ । 

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ३ : ०२ बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र