सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन « Khabarhub

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले आफू चटक र जादुमा विश्वास नगर्ने स्पष्ट पारेका छन्।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै थापाले छडी घुमाउँदैमा समस्या समाधान नहुने बताएका हुन्।

 ‘म चटक गर्न जान्दिन। जादुजस्तो छडी घुमाउँदैमा समस्या समाधान हुँदैन,’ उनले भने, ‘सडक लामो समय बन्द नहोस्, समयमै बनोस् भन्नु भनेको ठेक्का प्रकृया कस्तो बनाउने, कन्ट्रयाक्ट कसरी गर्ने र लो बिडिङ नै समाधान हो कि होइन भन्नेबाट सुरु हुन्छ।’

थापाले आफू प्रधानमन्त्री वा पार्टी सभापतिका रूपमा होइन, सर्लाही–४ का जनप्रतिनिधि बनेर जान लागेको बताए। उनले सर्लाहीका जनताको भरमा उम्मेदवार बनेको भन्दै युवाहरूलाई घरघरमा गएर अभिभावकलाई सम्झाई मत माग्न आग्रह गरे। 

‘मैले गुनासो गर्ने मौका दिनेछैन,’ उनले भने।

काठमाडौं–४ मा आफूले जनताको विश्वासका कारण पराजय नझेलेको उल्लेख गर्दै थापाले सर्लाही–४ मा पनि त्यही विश्वास पाए सकारात्मक वातावरण बन्ने दाबी गरे।

सामान्य परिवारबाट आएको र विभिन्न दुःखकष्ट भोगेकाले जनताको पीडा बुझ्ने क्षमता आफूमा रहेको भन्दै उनले ढुक्कसँग साथ दिन मतदातालाई अपिल गरे।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ३ : ५० बजे

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार