सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन « Khabarhub

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले आफू चटक र जादुमा विश्वास नगर्ने स्पष्ट पारेका छन्।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै थापाले छडी घुमाउँदैमा समस्या समाधान नहुने बताएका हुन्।

 ‘म चटक गर्न जान्दिन। जादुजस्तो छडी घुमाउँदैमा समस्या समाधान हुँदैन,’ उनले भने, ‘सडक लामो समय बन्द नहोस्, समयमै बनोस् भन्नु भनेको ठेक्का प्रकृया कस्तो बनाउने, कन्ट्रयाक्ट कसरी गर्ने र लो बिडिङ नै समाधान हो कि होइन भन्नेबाट सुरु हुन्छ।’

थापाले आफू प्रधानमन्त्री वा पार्टी सभापतिका रूपमा होइन, सर्लाही–४ का जनप्रतिनिधि बनेर जान लागेको बताए। उनले सर्लाहीका जनताको भरमा उम्मेदवार बनेको भन्दै युवाहरूलाई घरघरमा गएर अभिभावकलाई सम्झाई मत माग्न आग्रह गरे। 

‘मैले गुनासो गर्ने मौका दिनेछैन,’ उनले भने।

काठमाडौं–४ मा आफूले जनताको विश्वासका कारण पराजय नझेलेको उल्लेख गर्दै थापाले सर्लाही–४ मा पनि त्यही विश्वास पाए सकारात्मक वातावरण बन्ने दाबी गरे।

सामान्य परिवारबाट आएको र विभिन्न दुःखकष्ट भोगेकाले जनताको पीडा बुझ्ने क्षमता आफूमा रहेको भन्दै उनले ढुक्कसँग साथ दिन मतदातालाई अपिल गरे।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ३ : ५० बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि