सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो « Khabarhub

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथिको थप कामकारबाही रोकिएको छ ।

ऐनका कतिपय दफा विवादित बनेपछि संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभामा ‘टेबुल’ भएको लामो समय भइसकेको छ । विधेयकमा सहमति जुट्न नसकेकै कारण प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको नियमित बैठक पनि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।

सभामुख भीमबहादुर भण्डारीले स्वार्थी समूह हाबी हुँदा संशोधन विधेयकको थप कारबाही अघि बढ्न नसकेको जिकिर गरेका छन्। ऐन कार्यान्वयनबाट सीमित कर्मचारीलाई मात्र फाइदा पुगेको भन्दै असन्तुष्ट कर्मचारीले अदालतमा मुद्दा दर्ता गरेपछि ऐन विवादित बन्न पुगेको हो । 

अदालतले अन्तरिम आदेश जारी गरी हाललाई ऐन कार्यान्वयन नगर्न-नगराउन आदेश जारी गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सचिवालयको विधायन शाखाका प्रमुख भूरीप्रकाश जोशीले गहन अध्ययन नगरी लापरबाही ढङ्गले कानुन बनाउँदा विवादित बन्न पुगेको बताए।

 उनले भने, ‘ऐनको दफा ९ मा ज्येष्ठ कर्मचारीलाई कनिष्ट र कनिष्ट कर्मचारीलाई ज्येष्ठ बनाउने खालको प्रावधान समेटिएकाले विवादित देखियो । बढुवा हुन पाउने ज्येष्ठ कर्मचारीको बढुवा नहुँदा उहाँहरू अदालतसम्म पुग्नुभयो ।’

ऐनबमोजिम यसअघि नै सुदूरपश्चिम प्रदेशका विभिन्न सेवामा कार्यरत धेरै कर्मचारीको बढुवा भइसकेको छ । ऐन बनेर कार्यान्वयनमा गएको एक वर्ष नपुग्दै सरकारले यो ऐन संशोधनका लागि पहल गरेको हो । ऐन संशोधन विधेकलाई सङ्घीय कानुनअनुसार बनाउन लागिएको भए पनि तत्कालै थप कारबाही अघि बढाउन अन्योल भएको विधायन शाखा प्रमुख जोशीले बताए। 

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन सरकार छ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ५ : ३४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र