निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह « Khabarhub

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन आग्रह गरेका छन् । सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज यहाँ भएको अन्तक्र्रियामा उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

सभापति थापाले मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न आफूले सर्लाहीबाट उम्मेदवार बनेको बताउनुभयो । उहाँले त्यहाँबाट प्रतिनिधित्व गर्दा अब मधेस र सर्लाहीका मुद्दा सङ्घीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठाउने प्रतिबद्धतासमेत जनाए ।

सभापति थापाले आगामी पाँच वर्ष मधेसका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने भन्दै सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने धारणा राखे । उनले आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न सबैलाई सचेत गराए ।

सभापति थापाले आफूले जोखिमका साथ नयाँ क्षेत्र रोजेकाले चुनाव जित्न सबैको मेहनत आवश्यक रहेको उल्लेख गर्दै मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न आग्रह गरे ।

“पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेर आएको छु । मलाईसमेत पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरियो तर विशेष महाधिवेशनमा पार्टी कार्यकर्ताले दिएको साथले नै पार्टीभित्रै रहन सफल भएको हो”, उनले भने, “निर्वाचनका हकमा पनि जोखिम उठाएको छु । काठमाडौँको क्षेत्र नं ४ को सहजता छोडेर मधेस आएको छु, यो जोखिम पनि सबैको साथले पूरा हुनेछ भन्ने विश्वास छ ।”

सभापति थापाले काठमाडौं क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको र यहाँको सेवामा पनि सँधै समर्पित रहने बताए ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : ०५ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय