डा. शेखरको आठ बुँदे ‘अठोटपत्र’ : विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’ बनाउने उद्घोष « Khabarhub

डा. शेखरको आठ बुँदे ‘अठोटपत्र’ : विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’ बनाउने उद्घोष


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उमेदवार डा. शेखर कोइरालाले फागुन २१ गते आफ्नो निर्वाचन क्षेत्रको विकास र राष्ट्रिय राजनीतिका लागि ‘८ बुँदे अठोट पत्र’ सार्वजनिक गरेका छन्। संसदीय सर्वोच्चता, संविधानको रक्षा र समुन्नतिलाई मुख्य आधार बनाइएको उक्त पत्रमा स्थानीय समस्यादेखि राष्ट्रिय मुद्दालाई प्राथमिकता दिइएको छ।

कोइरालाले सार्वजनिक गरेको संकल्प पत्रमा विराटनगरको ऐतिहासिक औद्योगिक साख फर्काउन ‘औद्योगिक पुनर्जागरण’ को अवधारणा अघि सारिएको छ। बन्द अवस्थामा रहेका उद्योगहरूको पुन:सञ्चालन, साना तथा मझौला उद्योगलाई कर सहुलियत र विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’का रूपमा विकास गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। “लोकतन्त्र सुरक्षित भए मात्रै विकास दिगो हुन्छ,” कोइरालाले अठोट पत्रमा उल्लेख गरेका छन्।

मोरङका बासिन्दाले बर्सेनि भोग्दै आएको बाढी र डुबानको समस्या समाधानका लागि उनले दीर्घकालीन गुरुयोजनाको प्रस्ताव गरेका छन्। बुढीखोला, केशलिया, सिंघिया र गछिया जस्ता नदीहरूमा तटबन्ध निर्माण र वैज्ञानिक ढल निकास प्रणाली स्थापना गर्ने विषयलाई उनले आफ्नो तेस्रो प्राथमिकतामा राखेका छन्। यस्तै, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न गर्ने विषय पनि अठोट पत्रमा समेटिएको छ।

कृषि क्षेत्रको सुधारका लागि ‘सहानुभूति होइन, प्रणाली’ आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले जलवायु-मैत्री कृषि, मल-बीउको सुनिश्चितता र कृषि बीमा विस्तारको योजना अघि सारेका छन्। शिक्षा र स्वास्थ्यका सन्दर्भमा उनले डिग्री मात्र नभई ‘सीप-आधारित शिक्षा’ र सरकारी अस्पतालको स्तरोन्नतिलाई जोड दिएका छन्।

पछिल्लो समय युवामा बढ्दो डिजिटल मोहलाई सम्बोधन गर्दै उनले ‘स्थानीय आईटी हब’ र स्टार्टअप कोषको परिकल्पना गरेका छन्। सुशासन र पारदर्शिताका लागि भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिने र सार्वजनिक सेवालाई डिजिटल प्रविधिमा लैजाने कोइरालाको अठोट छ। सहकारी सुधार र बचत सुरक्षाको मुद्दालाई पनि उनले विशेष प्राथमिकताका साथ समेटेका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ८ : ५५ बजे

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ– चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल साउन २९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २९ गते शुक्रबार सन् २०२६

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५