भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो « Khabarhub

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले ‘मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान’ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ ।

उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गल भित्र रहेको जनाएका छन् ।

डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परीक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले पत्रकारहरूसँगको साक्षातकारमा बताएकी छन्  ।  उनका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए ।

डिजिसिएले सोमबार राति रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले मौसमका कारण सन्तुलन गुमाएको जनाकारी गराएको २३ मिनेट पछि हवाई ट्राफिक राडारसँग सम्पर्क गुमाएको बताइएको छ ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानको लागि घटनास्थलमा पठाइएको जनाइएको छ । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : २४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म